कतारविरुद्ध सन्दीपले दिलाए तेस्रो विकेट

कतारविरुद्ध सन्दीपले दिलाए तेस्रो विकेट


जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । 

सन्दीप लामिछानेले नेपाललाई खेलको आठौं ओभरको तेस्रो बलमा ओपनर जाहीर इब्राहिमलाई १५ रनमा आरिफ शेखबाट क्याच आउट गराएका हुन् । 

त्यसअघि सोमपाल कामीले नेपाललाई खेलको पाँचौं ओभरको अपन्तम बलमा इमाल लियाञ्जलाई ६ रनमा आउट गराएका थिए । कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका थिए । 

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार हाल ८ ओभरको समाप्तिमा ३२ रन जोड्दा दुई विकेट गुमाएको छ।

Skip This
Logo