ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा विशेष छुट

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा विशेष छुट


ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् । स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक यस योजनामा मौलाकालीका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन् ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रकृयालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । यो छुट योजना सिमित अवधिको लागि रहने छ । 

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Logo