#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829244976345742183423431065
नेपाल678044361741449954

पोखरामा चारदिने सडक महोत्सव

पोखरा । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ ।

पोखराको पर्यटन प्रर्वद्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित रेबान पोखराले पुष १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना गर्न लागेको हो । रेबान पोखराले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका सांस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने बताए । उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरू, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनीलगायत रहेको छ । महोत्सवले भ्रमण वर्ष २०२०मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समेत सहयोग पुर्‍याउने विश्वास आयोजकको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार