रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने


गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित तीन सांसद मध्ये दुईजनाको आज सपथ हुदैँछ ।

प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेक दुई जनाको आज सपथग्रहण हुन लागेको हो । 

उनका अनुसार चितवन-२ बाट निर्वाचित रवि लामिछाने तथा तनहुँ-१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ । आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।

Logo