#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30982249961373743829622582580
नेपाल627974011712945267

हतियारसहित विप्लव समूहका ५ जना पक्राउ

फाइल फोटो

काठमाडौ‌ं। नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका  ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट  विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

उनीहरूका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु