स्वर्णिमको टिप्पणी: असक्षम सरकारलाई बोकिरहनुपर्छ भन्ने छैन

स्वर्णिमको टिप्पणी: असक्षम सरकारलाई बोकिरहनुपर्छ भन्ने छैन


नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले असक्षम सरकारलाई बोकिरहनु आवश्यक नरहेको बताएका छन्। 

शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएपछि वाग्लेले भने, ‘नेपालमा मात्रै होइन् विश्वभरि नै असक्षम सरकारको निरन्तरता कसैले चाहेको हुदैन् । ’

‘असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन’, उनले थपे ‘यस्तै किसिमको अस्थिरता रहने हो भने त्यो अभ्यास गरिरहनु म तुक देख्दिनँ।’

स्थिरता एउटा साधन भए पनि आफूहरुले सुशासन र सम्मुनति जस्ता साध्यलाई पछ्याउने बताएका उनले  तत्काल सरकारमा जाने कुरा ठुलो नभएको टिप्पणी गरे । 
 

Logo