पूर्वराजा र पूर्वयुवराज्ञीले सामाजिक सञ्जाल चलाउनु भएको छैन -सचिवालय

पूर्वराजा र पूर्वयुवराज्ञीले सामाजिक सञ्जाल चलाउनु भएको छैन -सचिवालय


पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ । 

शुक्रबार सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो । 

यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ । 

Logo