नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न सांसद गौतमको माग

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न सांसद गौतमको माग


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न लागि आग्रह गरेकी छिन् । 

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा सांसद गौतमले सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जलाई नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गर्दा संस्था कमजोर हुने भन्दै यसलाई रोक्न आग्रह गरेकी हुन् । 

‘सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रति वर्ष लगभग एक अर्ब रुपैयाँ लाभान्स योगदान गरिरहेको थियो । यस्तो संथालाई कमजोर बनाई यसबाट भइरहेको विजनेस नयाँ स्टक एक्सचेन्जमा डाईबर्ट गरि नेपालको पुँजी बजार निश्चित समूहको कब्जामा हुने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी गरिरहेको छ यो अबिलम्ब रुपमा रोकिनुपर्छ ।’ उनले भनिन् । 

Logo