लडाकुलाई पैसा बाँड्ने होइन, दिगो समाधानको बाटो खाेज्नुस्ः योगेश भट्टराई

लडाकुलाई पैसा बाँड्ने होइन, दिगो समाधानको बाटो खाेज्नुस्ः योगेश भट्टराई


नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोड रुपैयाँका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सामाजिक सञ्जाल फेसबुक मार्फत सचिव भट्टराईले पैसा बाँडेर नभई जीवन यापन र दिगो समाधानको बाटोमा जानु उपयुक्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले १ अर्ब ४० करोडमा सरकारले अरू त्यत्ति नै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गरेर उत्पादनमा जोड्न माग गरेका छन् । 

फेसबुकमा उनले लेखेका छन्, ‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आह्वान गरी हाललाई कम्तिमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उधोग खोल्ने वा पाँच तारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारीको ब्यबस्था गर्ने । पुँजी बृद्धि गरी उधोगको आकार बढाउंदै जाने । पैसा बांडेर होईन जीवन यापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।’

Logo