#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30991301961461744201422587826
नेपाल627974011712945267

नगद लाभांश कम भएकाे भन्दै शेयरधनीहरू असन्तुष्ट

काठमाडौं । सिभिल बैंकका शेयरधनीहरूले बैंकले लगानीकर्तालाई दिने लाभांश बढाउन नसकेको भन्दै सांचालकहरूको आलोचना गरेका छन् ।

शेयरधनीहरूले कर्मचारीले धेरै तलब खाने तर लाभांश दिन नसक्ने अवस्था रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन् । बैंकको नवौं वार्षिक साधारण सभामा बोल्दै शेयरधनीहरूले बैंकले व्यवसाय विस्तार गर्न नसक्ने तर सञ्चालन खर्च बढाउने काम गरेको बताएका हुन् । उनीहरुले संस्थापकहरूले शेयर विक्री गरी बाहिरीन खोजेको भन्दै त्यसो नगरी बैंकलाई ठुला बैंकसँग मर्जमा लैजान आग्रह गरेका छन् । बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ६ दशमलव ५७ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने भएपछि शेयरधनीहरूले असन्तुष्टि जनाएका हुन् ।

शेयरधनीले कुल ५२ करोड ५८ लाख २२ हजार ७ सय १ रुपैयाँ ५८ पैसा नगद लाभांश पाएका छन् । साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारी भित्र्याउन आवश्यक काम गर्ने सम्बन्धमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । सिभिल बैंकले देशभर १ सय १ वटा शाखा कार्यालय, ६ वटा शाखारहित बैंकिङ सेवा, एकवटा एक्सटेन्सन काउन्टर तथा एटिएम काउन्टरहरुमार्फत बैंकिङ सेवा दिंदै आएको छ ।

सम्बन्धित समाचारहरु