#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333227791002561767786224642356
नेपाल733944771901953898

 कार्यसमितिको निर्णयमा हुने पदीय जिम्मेवारी बाँडफाँट सर्वमान्य– अनुपकुमार बराल   

काठमाडौं ।  पछिल्लो केही समययता अटो व्यवसायको अवस्था खस्किरहेको छ । यसको कारणको बारेमा व्यवसायीहरू चिन्तामा छन् । एकातिर सरकारका नीतिहरूले प्रभाव पारिरहेको छ भने अर्कातिर अस्वस्थ प्रतिस्पर्धाले पनि उस्तै समस्या पारेको छ । अटो व्यवसाय फस्टाउनका लागि सरकारी नीतिमै सुधार हुनुपर्ने सम्बद्ध व्यवसायीहरू बताउँछन् । यसै सन्दर्भमा केन्द्रित रहेर नाडा एसोसिएशन अफ नेपालका सचिव अनुपकुमार बरालसँग केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल ‘कालोटोपी’ले कुराकानी गरेका छन् ।

प्रश्न १
नाडाको सम्पूर्ण टिम नै कसरी भयो सर्वसम्मत निर्वाचित ?

सबैभन्दा ठूलो कुरा नाडा सद्दे मान्छेहरूको संस्था हो भनेर बुझ्नु पर्छ । यसमा आबद्धहरू कहिले पनि कसैको विरोध र आलोचनामा समय खर्च गर्दैनन् । यहाँ कुनै किसिमका लपन छपन हुँदैनन् । प्रतिस्पर्धा आफ्नो ठाउँमा होला तर त्यस्तो मिल्नै नसक्ने कुनै अवस्था थिएन । त्यसैले सर्वसम्मत सम्भव भएको हो ।

प्रश्न २
तपाईंसँग के त्यस्तो एजेण्डा थियो जसले अर्को पक्ष नै आएन ?

मैले अघि नै भनें नि, प्रतिस्पर्धा आफ्नो ठाउँमा थियो तर मिलेर जानु पर्छ भन्ने भावना पनि साथीहरूमा थियो । सुरुदेखि नै संस्थाको हितको लागि सोच्ने सदस्यहरूका कारण यो सम्भव भएको हो । अर्को पक्ष नै नआएको चाहिँ होइन, मिलेर जाने सोचले गर्दा हामी यहाँ सम्म आउन सफल भयौं । सबै मिलेर जाने कुरा नै संस्थाको हितमा हुने हाम्रो निष्कर्ष हो ।

प्रश्न ३
अब नाडा कसरी अघि बढ्छ त ?

नाडा एउटा संस्था हो । एउटा सदस्यले मात्र यस्तो हुन्छ वा यस्तो गर्छु भन्ने कुरा हुँदैन । र अहिले नै यो भनियो भने त्यो हतार पनि हुन सक्छ । तर कसरी सेवाग्राही, व्यापारी र सरकारलाई पनि के दिन सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान जान्छ । साथै  संस्थाको हितका लागि साझा एजेण्डा बनाएर हामी अगाडि बढ्छौं ।

प्रश्न ४
नाडाको काम साधारण सभा गर्ने र अटो शो गर्ने मात्रै हो कि तपाईंहरू थप नयाँ कार्यक्रमहरू ल्याउँदै हुनुहुन्छ ?

होइन नि, हामीले त्यति मात्रै गरेका छैनौं । हामीले सरकारलाई नीति निर्माणमा सहयोग पुर्‍याउने, मुलुकलाई कसरी अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ भनेर पनि काम गरिरहेका छौं । अझै थप कार्यक्रमको कार्यसमिति बसेर हामी केही दिनमै सूची बनाउनेछौं । त्यो सबैलाई सार्वजनिक गर्ने दिनसम्म पर्खनु पर्ला कि । किनकि संस्थाको कार्यतालिका आउन बाँकी नै छ, मैले अहिले नै कसरी भन्नु र ?

प्रश्न ५
तपाईं यसअघि सचिव हुनुहुन्थ्यो, फेरि सदस्यमा निर्वाचित हुनुभयो, अब महासचिव बन्ने हो ?

पद नै ठूलो कुरा होइन । सबै मिलेर जाने हो । सर्वसम्मत भयो यो नै ठूलो कुरा हो । मेरो पद यही नै हो भन्न मैले मिल्दैन । आपसी सल्लाहमा कसलाई कुन पद दिने भन्ने कार्यसमितिको निर्णयमै म सहमत हुन्छु ।

सम्बन्धित समाचारहरु

ताजा समाचार