संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य


संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद बैठककाे सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

मंसिरमा १० को निर्वाचनपछि पुष २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

शुक्रबार मात्र बसेको बैठकले सभामुखले मनोनयनका लागि प्रस्ताव गरेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम सर्वसम्मतीले अनुमोदन गरेको  थियो । साथै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न नौवटा विधेयकलाई सम्बन्धित समितिमा पठाएको थियाे । 

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति गठन भने रोकिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केही दिनअघि विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमाले सहमत नभएपछि सो प्रक्रिया रोकिएको हो । 

हेर्नुहोस्, राष्ट्रपति कार्यालयको पत्र-

No description available.

Logo