तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० बैसाख १६ गते शनिबार। २९अप्रील २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला। चोटपटकको भय छ, सचेत रहनुहोला। साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज कीर्तिमानी काम गर्ने समय छ। कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला। नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ। मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। घरमा अतिथिको आगमन हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला। स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ। मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ। चिताएको कामले पनि तीव्रता लिनेछ ।

Logo