#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32885703995348762988324260472
नेपाल718214671834153013

घुस लिएको आरोपमा मुद्दा दर्ता

File Photo

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुमा कार्यरत कर्मचारीले जग्गाको ट्रेस नक्शा बनाइदिए बापत घुस लिएको अभियोगमा अमिन सुशील बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सेवाग्राही ज्ञानबहादुर कार्कीसँग जग्गाको नक्शा बनाउने क्रममा चार हजार घुस मागेको आरोप लागेको छ । आयोगले आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरेको छ ।

यस्तै मालपोत कार्यालय हरिवन सर्लाहीका खरिदार देवीचरण न्यौपानेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मालपोत कार्यालय हरिवनमा सर्लाहीमा लेखनदासको काम गर्ने केशवबहादुर कार्कीले एक हजार घुस लिई खरिदार न्यौपानेलाई दिएको पुष्टि हुन गएको आयोगले जनाएको छ ।

त्यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाले टिपरको सम्पूर्ण कागजात हुँदाहुँदै पनि घुस मागेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रहरी सहायक निरीक्षक झाले एक हजार घुस लिएको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगीसम्बन्धी उजुरी मिलाइदिने भन्दै साहले ९० हजार घुस मागेको अभियोग लागेको छ ।

सम्बन्धित समाचारहरु