#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956450740139522339980
नेपाल615933901738343820

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ

सिरहा ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले आइतबार सिरहाको लहानबाट तीन जनालाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–८ स्थित यातायात कार्यालय नजिकैबाट प्रहरीले लागूऔषधसहित लहान नगरपालिका–१८ निवासी २५ वर्षीय मोहम्मद सदामलाई पक्राउ गरको छ । पक्राउ परेको सदामको साथबाट गाँजा अन्दाजी ३०० ग्राम र नाइट्राभेट नौ थान बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित अर्नमा गाउँपालिका–४ निवासी २५ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ब्राउन सुगर ११० मिनीग्रामसहित चौधरीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका चौधरीकै बयानका आधारमा लहान नगरपालिका–४ निवासी २४ वर्षीय रंजितकुमार यादवलाई पनि ब्राउन सुगरसहित पक्राउ गरेको छ । यादवको घर खानतलासी गर्दा ब्राउन सुगर ३५० मिनि ग्राम, नोर्फिन एक ऐम्पुल, डाइजोपाम एक ऐम्पुल, फेनारगन एक ऐम्पुल, नाइट्रोभेट एक ट्यावलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार