कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन


एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ ।

कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । खेल जारी छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो । 

 

Logo