#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30974691960838744278622571067
नेपाल627974011712945267

पिपिएल क्रिकेट : बुटवल दोस्रो चरणमा प्रवेश

पोखरा ।

पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स अघिल्लो चरणमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार प्रतियोगिताको आफ्नो चौथो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई सात विकेटले पराजित गरेसँगै बुटवलले ‘प्लेअफ’ मा स्थान सुरक्षित गरेको हो । आइतबारको पहिलो खेलमा विराटनगर टाइटन्सलाई पराजित गरेको चितवनले समेत प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । लिग चरणको अन्तिम खेलबाट समूह विजेता तथा प्लेअफ खेल्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।

समूह चरणमा सबै टोलीको चार खेल सकिँदा चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ भने ६ अङ्कसहित बुटवल दोस्रो तथा चार अङ्कसहित काठमाडौँ गोल्डेन वारियर्स तेस्रो स्थानमा छन् । विराटनगर टाइटन्स, पोखरा पल्टन र धनगढीको समान दुई अङ्क रहेको छ । प्रतियोगितामा सहभागी ६ वटै टोलीले अव लिग चरणमा एक÷एक खेल खेल्न बाँकी छ ।

हिजोको खेलमा टस जितेर बुटवलले फिल्डिङ रोजेपछि ब्याटिङ शुरुवबत गरेको धनगढीले १९ दशमलव पाँच ओभरमा ‘अल आउट’ हुँदै १४० को लक्ष्य खडा गरेको थियो । विजयी लक्ष्य पछ्याउने क्रममा बुटवललाई एक खेल अगावै अघिल्लो चरणमा लैजाने क्रममा अफ्ताबुदिन अहमद र हर्ष टङ्कको आक्रामक ब्याटिङको मद्दतले १६ दशमलव चार ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सम्बन्धित समाचारहरु