‘लिटिल मिस एन्जेल २०२३’को आवेदन खुला

‘लिटिल मिस एन्जेल २०२३’को आवेदन खुला


सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस एन्जेल २०२३’ को आवेदन खुला भएको छ ।यही मे २१ देखि शुरु हुने ‘लिटिल मिस एन्जेल २०२३’ प्रतियोगिताका लागि आयोजक कलश इभेन्टले आवेदन खुला गरेको हो ।

इभेन्टका प्रबन्ध निर्देशक सञ्जय महर्जनले प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुले सहभागिता जनाउन पाउने बताए । चौथो संस्करणको यो प्रतियोगिताका लागि आयोजकले सहभागीलाई व्यक्तित्व विकास, नेतृत्व, आत्मविश्वास, बाल यौन दुव्र्यवहारबारे सचेतना कक्षा, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व विषयमा प्रशिक्षण दिनेछन् ।

आवेदन शुल्क ५ सय तोकिएको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेका लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी-सर्ट प्राप्त गर्नेछन ।

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।

रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Logo