#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987815749823423934098
नेपाल693014531843750411

एनआईसी एशिया बैंकको आइभिआर सेवा सञ्चालनमा

काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकले सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् । आइभिआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया वा फोन कल दुबै माध्यमबाट गर्न सकिनेछ ।

ग्राहक महानुभावहरुले एसएमएसद्वारा आइभिआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आइभिआर इस्पेस (IVR<space>Account Number) आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनु पर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात यो सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरु