नेपाल र कुवेतबीचको खेल पुनः सुरु

नेपाल र कुवेतबीचको खेल पुनः सुरु


एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुनः सुरु भएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षा भएपछि रोकिएको खेल पुनः सुरु भएको हो । वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि ओभर पनि घट्ने भएको छ । 

हाल क्रिजमा नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रन बनाएर खेलिरहेका छन् । उनलाई कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाएर साथ दिइरहेका छन् । 

यसअघि राम्रो सुरुवात गरेको नेपाल तीन रन जोड्न तीन शिर्ष ब्याटर गुमाएपछि दबाबमा परेको थियो । कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । उनी १०औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । त्यसपछि ११औं ओभरको तेस्रो बलमा भीम सार्की र १२ औं ओभरको दोस्रो बलमा अर्का ओपनर आसिफ शेख ३१ रनमा क्याच आउट भएका थिए ।

Logo