#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1591523950211143351353151
नेपाल9081

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि चाबहिल क्षेत्र अशान्त

काठमाडौं ।

काठमाडौंको चाबहिलमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि त्यो क्षेत्र अशान्त बनेको छ । आक्रोशित विद्यार्थीले ठक्कर दिने बसलाई जलाइदिएपछि अहिले त्यहाँको अवस्था अशान्त बनेको हो ।

भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ७१०१ नम्बरको बसको ठक्करबाट आज विहान पशुपति क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार बसको ठक्करबाट घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा उनको अस्पतालमै मृत्यु भएको थियो ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । बसमा आगजनी गरेको आरोपमा प्रहरीले २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि डिएसपी बोगटीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार