प्रधानमन्त्रीले लडाकुको नाममा २० अर्ब घोटाला गरेको महेश बस्नेतको आरोप

प्रधानमन्त्रीले लडाकुको नाममा २० अर्ब घोटाला गरेको महेश बस्नेतको आरोप


नेकपा एमालेका नेता महेश बस्नेतले लडाकुको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० अर्वको घोटाला गरेको आरोप लगाएका छन् । 

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय युवासंघ नेपालको ३४ औं स्थापना दिवस कार्यक्रममा नेता बस्नेतले ७ लाख लडाकुलाई ३० लाख बनाएर २० लाख योग्य लडाकु बनाएको भन्ने प्रचण्डको अभिव्यक्ति आफूहरुसंग सुरक्षित भएको बताएका हुन् । 

उनले भने, ‘हिजो लडाकुको सन्दर्भमा ७ लाख लडाकुलाई ३० लाख बनाएर २० लाख योग्य लडाकु बनायो भन्ने प्रचण्डको अभिव्यक्ति हामीसंग सुरक्षित छन् । यो अदालतको विषय बन्नु पर्छ । ७ लाखलाई २० लाख बनाउने प्रचण्डलाई हामीले ४ अर्वको मुुद्दा हालेका छौं । ४ अर्व हैन २० अर्वको घोटला भएको रहेछ ।’ 

नेता बस्नेतले हिजोका दिनमा केपी शर्मा ओलीको सरकार ढाल्न अनेकौं प्रयासहरु भएको चर्चा गर्दै देशको विभिन्न तह र निकायहरुलाई एमालेको विरुद्धमा लगाएर प्रधानमन्त्रीले देशलाई लुटिरहेको आरोप पनि लगाए ।  

Logo