#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31675961972625743651823266818
नेपाल666324291814248061

१७ सय वर्ष पुरानो रोमन अण्डा फेला पर्‍यो

  • सृजना राई

सन् २००७ र २०१६ बीच पुरातत्वविदहरुले मध्य इङ्ल्याण्डमा ‘बेरीफिल्डेस ’ भनिने रोमन बस्ती उत्खनन् गरे । स्मिथ सोनियन संस्थाका अनुसार १७ सय वर्षसम्म चारवटा कुखुराको अण्डालाई पानीले भरिएको खाडलमा जोगाइएको थियो । जसमध्ये केही दुर्घटनावश चर्किए । साथै यसमा अरु अवशेषहरु पनि थिए ।

दुर्लभ काठको टोकरी, छालाको जुत्ता, विभिन्न उपकरणहरु र काठका भाँडाहरु सबै जमिनमा प्वालबाट फेला पारिएका थिए । यो ग्रेट ब्रिटेनमा फेला परेको एक मात्र र पूर्ण रोमी अण्डाको रुपमा प्रशंसा गरिएको छ । हजारौं वर्षदेखि पानीले भरिएको खाडलमा यस्तो चीज भेटिन्छ ।

पुरातत्वविदहरुका अनुसार यो प्वाल दोस्रो र तेस्रो शताब्दीमा बियर बनाउनका लागि अन्न प्रयोग गरेको थियो अथवा अण्डा र रोटीको टोकरी अन्त्येष्टि वा धार्मिक समारोहको दौडानमा बलिदानको रुपमा खाडलमा एक इच्छाको रुपमा प्रयोग गरेर रोमीहरुले देवतालाई बलिदानको रुपमा छोडेको हुन सक्छ । रोमीहरुले अण्डाहरुलाई पुर्नजन्म र प्रजनन क्षमतासँग जोडेका कारणहरु पनि बताएका छन् ।

आईएफएल विज्ञानका अनुसार अण्डाहरु रोमन कालमा मिथ्रास र बुधका देवताहरुसँग पनि सम्बन्धित थिए । यस अघि पुरातत्वविदहरुले रोमनको चिहानमा कुखुराको हड्डी भेट्टाए पनि बेलायतमा भने पूर्ण अण्डा फेला पारेको यो पहिलो पटक हो ।

अण्डा हाल बक्सिंगम शायर काउन्टी संग्रहालयमा सार्वजनिक दृश्यमा जानु भन्दा पहिले अक्सफोर्ड पुरातात्विक मुख्यालयको एसिड पेपर लाइन बक्समा राखिएको छ । सन् २०१० मा रोमन शहरमा गाडेको बच्चाको हातमा रोमी साम्राज्यको कुखुराको अण्डा पत्ता लागेको थियो ।
( एजेन्सीको सहयोग )

सम्बन्धित समाचारहरु