नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे


नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ९ हजार १ सय रूपैयाँमा काराेवार भएकाे सुन आज एक लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।  त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय  रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य  आज ५ रूपैयाँले बढेकाे  छ। शुक्रबार एक हजार ४ सय १० रूपैयाँमा काराेवार  भएकाे चाँदी आज एक हजार ४ सय १५ रूपैयाँमा काराेवार भइरहेकाे छ । 

Logo