राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै

राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै


भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।

११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन्। राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सोझै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो। 

Logo