सलमान खानलाई पिता बन्न भारतीय कानुन बाधक !

सलमान खानलाई पिता बन्न भारतीय कानुन बाधक !


बलिउड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसी की जान’ रिलिज भइरहेको छ । फिल्मले बक्सअफिसमा राम्रै व्यापार गरेको छ ।

यही मेसोमा सलमानले आफ्नो जीवनका बारेमा केही कुरा खुलासा गरेका छन् । उनले एक अन्तरवार्तामा आफू लामो समयदेखि पिता बन्न खोजिरहेको खुलासा गरेका हुन् । इण्डिया टिभीलाई दिएको अन्तरवातार्मा उनले एकपटक बच्चाको बारेमा सोचे पनि भारतीय कानूनले अनुमति नदिएकाले आफू चुप बसेको बताएका हुन् ।

सलमान बालबालिका प्रेमी अभिनेता हुन् । सामाजिक सञ्जालमा भाइरल उनका केही तस्वीरमा उनी भतिजोका साथ समय बिताइरहेको देख्न सकिन्छ । सलमानकी बहिनी अर्पिता शर्माका दुई सन्तान आयत र आहिल छन् । उनको अर्की बहिनी अलविरा खानको पनि दुई सन्तान अलिहेज र अयान छन् । उनका भाई सोहेल र अरबाजको पनि सन्तान छन् ।

‘अहिले नै के बोल्नु । एउटा योजना थियो । श्रीमतीको भन्दा पनि सन्तानको योजना थियो । तर भारतको कानुनको हिसाबले यो काम गर्न सकिनँ । अब म के गरुँ’,उनले निर्माण करण जोहारप्रति लक्षित गर्दै भनेका छन्, ‘म प्रयास गरिरहेको थिएँ, सायद त्यो कानुन परिवर्तन भयो । अब के हुन्छ हेरौंला । मलाई बच्चाको ठूलो सोख छ । तर, बच्चा जब आउँछन्, त्यसमा आमा पनि आउँछिन् । आमा उनीहरुका लागि प्रिय छन् । मेरो घरमा आमा नै आमा छन् । हामीसँग सारा जिल्ला छ, पुरा गाउँ छ, जसले उनीहरुको स्याहार गर्छन् । तर उनकी आमा, जो वास्तविक आमा हुनेछिन्, त्यो मेरी पत्नी हुनेछिन् ।’

Logo