एडु क्लेभः विद्यार्थीको एनओसी रोक्ने भन्दा पासपोर्ट दिन नै बन्द गरे राम्रो

एडु क्लेभः विद्यार्थीको एनओसी रोक्ने भन्दा पासपोर्ट दिन नै बन्द गरे राम्रो


आइतबार वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा शैक्षिक परामर्श संघ (इक्यान) र वान अपले आयोजना गरेको एडु क्लेभ १.० काठमाडौंमा सम्पन्न भयो । काठमाडौंको एक पाँच तारे होटलमा भएको कार्यक्रमा शिक्षा प्रणाली नयाँ दृष्टिको, वैदेशिक शिक्षाको अवसर र जोखिम तथा वैदेशिक शिक्षाको प्रभावलगायत विषयमा छलफल भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका सांसद प्रदिप पौडेल, पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौड्याल, बैंकर्स अनिल केशरी शाहलगायतको उपस्थिति थियो । कार्यक्रममा ३ विषयमा प्यानल डिस्कसन भएको थियो । 

कार्यक्रमलाई फ्याक्ट्स नेपालमा सीईओ तथा सांसद मनिष झाले अहिलेसम्म कति विद्यार्थी एनओसी लिएर विदेश गए भन्नेबारे तथ्याङ्क प्रस्तुत गरेका थिए । 

तथ्यांक प्रस्तुत गर्दै झाले विदेश पढ्न जानेलाई उच्च शिक्षा, ज्ञान र सीप आर्जन गरेपछि स्वदेश फर्काउने वातावरण बनाउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए । उनले भने्, ‘वैदेशिक शिक्षाका लागि नेपालबाट जाने विद्यार्थीहरूको क्रम बढ्दो छ । त्यसकारण बाहिरको शिक्षालाई विरोधभन्दा पनि सदुपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो । हामीले वैदेशिक अध्ययनमा जानु खर्च नभई लगानीको रुपमा लिनुपर्छ ।’

विदेशमा अध्ययन गरेर स्वदेश फर्किएकाहरुले नेपाली समाजमा उल्लेख्य योगदान पु-याएको भुल्नु नहुने उनको भनाइ थियो ।

विदेशमा अध्ययन गरेर स्वदेश फर्किएकाहरुले नेपाली समाजमा उल्लेख्य योगदान पु-याएको भुल्नु नहुने उनको भनाइ थियो । उनले भने, ‘बाहिर पढ्न गएर उतै हराउँछन् भन्ने हुँदैन । स्वदेश फर्किएर योगदान गर्ने, पेशा–व्यवसाय गर्ने पनि उत्तिकै छन् ।’

रास्वपाका सांसदसमेत रहेका नेपालमा विद्यार्थीले कति पढ्यो भनेर सोधिने तर, विदेशमा कति सिक्यो भनेर हेरिने भएकाले नेपाल र विदेशमा अध्ययनको स्तर फरक रहेको बताए । 

एमाले सचिव योगेश भट्टराईले नेपाली युवा अध्ययनका लागि विदेशिने क्रम बढेकाले नेपाल वौद्धिक हिसाबमा टाट पल्टने अवस्था आउने सक्ने चेतावनी दिए । छलफलमा भाग लिँदै उनले नेपाली युवा अध्ययनका लागि विदेशिने क्रम बढेकाले नेपाल वौद्धिक हिसाबमा टाट पल्टने अवस्था आउने सक्ने चेतावनी दिए ।

‘रकम त कमाउन सकिन्छ तर वौद्धिकताको पलायन कमाउन गाह्रो छ ।’

नेपाली रकम विदेशिने क्रम उच्च बनेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने ‘रकम त कमाउन सकिन्छ तर वौद्धिकताको पलायन कमाउन गाह्रो छ ।’ बाध्यता, देखाशिखी र रहरले विदेश जाने गरे पनि चर्को ब्याजमा रकम लिएर विदेश अध्ययन गर्न जाने अवस्थाले थप चिन्तित बनाएको भट्टराईको भनाई थियो । यसलाई तत्काल व्यवस्थित गरी अध्ययन पश्चात स्वदेश फर्कने वातावरण बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

त्यस्तै, कांंग्रेस सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य प्रष्ट नरहेको बताए । उनले भने ‘संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन । विश्वविद्यालयले क्याम्पसहरूलाई सम्बन्धन दिने काम मात्रै गरिरहेको छ तर त्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन ।’ 

पौडेलले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने आमधारणा रहे पनि अहिले निजीको शैक्षिकस्तर खस्किँदै गएको टिप्पणी गरे । नेपालको शिक्षा गुणस्तरीय नभएको सन्देश विश्वमा फैलिरहनु दुखद् भएको उनको टिप्पणी छ । 

नेपालको शिक्षा गुणस्तरीय नभएको सन्देश विश्वमा फैलिरहनु दुखद् भएको उनको टिप्पणी छ । 

पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौड्यालले काम गर्दा पुर्व तयारी नगर्ने हाम्रो ठुलो कमजोरी रहेको बताइन् । उनले भनिन्, ‘परराष्ट्रमा हेर्ने हो भने कुनै पनि देशको अर्को व्यक्तिसँग कुराकानी गर्दैछौं भने त्यो देशको अवस्था कस्तो छ, कुरा गर्नुको हाम्रो उद्धेश्य के हो र हाम्रो पोजिसन के हो यस्ता खालका कुराहरुमा तयारी नहुँदा यस विषयमा हामी कमजोर छौं ।’

कार्यक्रममा पूर्वबैंकर अनिल केशरी शाहले विदेश अध्ययन गर्न जान आवश्यक पर्ने एनओसी रोक्नुभन्दा व्यवस्थित बनाउनु पर्ने धारणा राखे । शाहले भने ‘अहिले एनओसी रोक्ने विषय चर्चामा छ । एनओसी रोक्नुभन्दा बरु पासपोर्ट नै रोकिदिए भैहाल्यो नि । नेपालको शिक्षा प्रणाली त्यति खराब पनि छैन् तर नियमनको अभावमा भद्रगोलको अवस्थामा रहेकाले विदेशिने विद्यार्थीको संख्या उच्च बनेको हो ।’ शाहले जो मानिस देश छाडेर बाहिर जान्छ उसले धेरै कुरा सिक्ने बताए । 

प्यानल वार्ताका क्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्न सक्नु पर्ने धारणा राखे । अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताउँदै नेपाली विद्यार्थीको आवश्यक्ता अनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताए ।

वैदेशिक अध्ययन बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् ।

उनले भने, ‘शिक्षा रोजगारीसँगै जोडिन्छ । केही वर्ष यहीँ पढेर पनि त्यही सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटमा नीतिअन्तर्गत खाडी जानुभन्दा मेरो परिवार सम्पन्न छ, म विकसित हुन्छु भन्ने सोचले नेपाल बाहिर पढ्न जान लागेका छन् । वैदेशिक अध्ययन बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् । होइन भने हाम्रो शिक्षाभित्र अन्तर्राष्ट्रिय रुपमा हाम्रा विद्यार्थीले प्राप्त गर्नसक्ने अवसर यही सिर्जना गर्नुपर्छ ।’

हालै सरकारले ल्याएको निर्देशिकाले एनओसी दिने क्षेत्र खुम्चिएपछि यसका असर र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

Logo