#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30536622953029737705522206538
नेपाल615933901738343820

वीरगंजबाट बीस किलो चरेस बरामद

पर्सा ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले सोमबार २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागूऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।

बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार