एसिसी प्रिमियर कप: नेपालले टस जितेर फिल्डिङ रोज्यो

एसिसी प्रिमियर कप: नेपालले टस जितेर फिल्डिङ रोज्यो


एसिसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।  समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। 

Logo