#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व639431737796630894592926892
नेपाल209981825266

लण्डनमा महत्वपूर्ण विषय उठाएको छु : मिस नेपाल अनुष्का श्रेष्ठ

मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न भएको मिस वर्ल्ड पेजन्ट २०१९ मा आफूले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छिन् ।

उनले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वर्ल्ड पेजन्टमा गरेका प्रतिवद्धताहरु पूरा गर्ने समेत बताइन् । उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको बताइन् । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले कार्यक्रममा जानकारी दिइन् ।

मिस वर्ल्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षकहरु ‘ब्युटी विथ द प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्रात्त गर्न सकेको भन्दै आफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्पर्धिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।

उनले नेपालले हरेक वर्ष महत्वपूर्ण उपाधि हासिल गर्र्दै गएको बताउँदै यसलाई सफलता मान्नुपर्ने बताइन् । गत वर्षपनि मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले पनि ‘मल्टि मिडिया अवार्ड’ सहित ‘ब्युटीविथ द प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन् । नेपालले सन १९९७ देखि मिस वर्ल्ड पेजेन्टमा भाग लिदै आएको छ ।

भिडियो 

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार