#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30367850950821736408822052941
नेपाल595733831624142949

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख. ३५५३ नं.को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नं. को एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो ।

ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीन जनाको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार