#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31050766962476743694322651347
नेपाल641224111747846233

जेम्सलाई फुटसल उपाधि

काठमाडौं ।

जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिट अन्तर्गत ब्वाइज फुटसलको उपाधि जितेको छ । युरो स्कूलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजित ग¥यो । प्रिमियर इन्टरनेसनल स्कूलले तेश्रो स्थानमा चित्त बुझायो ।

काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा राज अग्रहरी उत्कृष्ट खेलाडी, सौरव कार्की उत्कृष्ट गोलरक्षक र समिर नेम्कुल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टत्रय जेम्सका हुन् । संस्कृति इन्टरनेसनल स्कूलका अगत अधिकारी सर्वाधिक गोलकर्ता बने ।

गल्र्स फुटसलमा प्रिमियर पहिलो, संस्कृति दोश्रो तथा एलआरआई तेश्रो भए । संस्कृतिकी शशिका अमात्य उत्कृष्ट खेलाडी, प्रिमियरकी डायना राजभण्डारी उत्कृष्ट गोलरक्षक र प्रिमियरका सुरज महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । प्रिमियरकै पर्मिता श्रेष्ठ सर्वाधिक गोलकर्ता बनिन् ।

बुद्धिचालको छात्रतर्फ कक्षा १ देखि ४ मा ब्रिटिस स्कूलका तरुस मुरे, कक्षा ५ देखि ६ मा निसर्गका अनुस्ना गौतम, कक्षा ७ देखि ८ मा त्रियोगका कुशल बेल्वासे तथा कक्षा ९ देखि १० मा त्रियोगकै कपिल घिमिरे पहिलो भए । त्यस्तै छात्राको कक्षा १ देखि ४ मा कृपा बेल्वासे, कक्षा ५ देखि ६ मा रिया श्रेष्ठ, कक्षा ७ देखि ८ मा मार्सल तामाङ तथा कक्षा ९ देखि १० मा उन्नती सिलवालले शीर्ष स्थान हात पारे । पहिलो हुने चारै खेलाडी त्रियोगका हुन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार