#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31035727962188744204622631493
नेपाल627974011712945267

नवलपुरमा सनराइज बैंकका शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बफर जोन युुजर कमिटीका अध्यक्ष तथा समाजसेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

यस्तै कावासोती नगरपालिकाका अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले संयुक्तरुपमा एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु