#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240262965068743973522835459
नेपाल641224111747846233

भारतको नागरिकता कानुनमा मुस्लिम मुलुकको आपत्ति

टर्की ।

भारतमा विवादास्पद नागरिकता संशोधन कानुनबारे इस्लामिक देशहरुको गठबन्धन संस्थाले आपत्ति जनाएको छ । अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआईसी) ले विज्ञप्ति निकाल्दै त्यसप्रति आपत्ति जनाएको हो ।

भारतमा विकसित घटनाक्रमलाई आफूहरुले नियाल्दै आएको ओआईसीको विज्ञप्तिमा छ । भारतको नयाँ कानुनका कारण त्यहाँका अल्पसंख्या समुदाय प्रभावित भएको उक्त संगठनले जनाएको छ ।

यसबाहेक बाबरी मस्जिदको मुद्दा र नागरिकता अधिकारको कुरामा चिन्ता व्यक्त गरिएको हो । यस्तै भारतमा मुस्लिम र उनीहरुको धार्मिक स्थल सुनिश्चित गर्न आग्रह गरेका छन् ।
एजेन्सी

सम्बन्धित समाचारहरु