सरकारमा सहभागिता जनाउने विषयमा रास्वपाले शुक्रबार निर्णय लिने

सरकारमा सहभागिता जनाउने विषयमा रास्वपाले शुक्रबार निर्णय लिने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारमा सहभागिता जनाउने विषयमा शुक्रबार मात्रै निर्णय लिने भएको छ।

सोमबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहे पनि कुनै निष्कर्ष ननिस्किएको हो । 

सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बैठकपछि महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । 

बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब छ।

Logo