रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । 

सोमबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

अब आजै बस्ने संसदीय दलको बैठकले सो निर्णयलाई अनुमोदन गर्ने तयारी छ । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएर सांसद पद नै गएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए । तर, उपनिर्वाचनमा चितवन २बाट पुनः जितेपछि उनी संसदीय दलको नेता बन्र लागेका हुन् ।  

Logo