राधिकाको ‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स [भिडियो]

राधिकाको ‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स [भिडियो]


गायिका राधिका बिष्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिष्टको शब्द, संगीत रहेको छ । गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्।  

२०७१ सालमा  सुनकोशीमा  आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र  कुन्साङ बोम्जन फिचर्ड छन् । बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।  

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका बिस्टको युट्युव च्यानल ‘राधिका बिस्ट’मार्फत सार्वजनिक गरिएको हो।  

 

Logo