आइपीएलमा बेंग्लोरसँग लखनउ पराजित

आइपीएलमा बेंग्लोरसँग लखनउ पराजित


इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरलले लखनउ सुपर जायन्ट्सलाई हराएको छ।घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।  

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनायो । जोस हेजलवुड र कर्ण शर्माले समान २२ तथा मोहम्मद सिराज,ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४४ तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए दीनेश कात्र्तिकले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

लखनउका लागि कृष्नपा गौथमले २३ तथा अमित मिश्राले १९ रन बनाए । मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३ रन बनाए । लखनउका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २/२ विकेट लिए ।  नौ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

Logo