सूचना प्रविधि अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको छ: सञ्चारमन्त्री शर्मा

सूचना प्रविधि अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको छ: सञ्चारमन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना ब्यक्त गरेकी छन् ।  उनले सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको जनाएकी छन् । 

यस्तै  सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताएकी छन् । आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा उनले दिएको शुभकामना सन्देश मार्फत यस्तो बताएकी हुन् । 

सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको यस दिवसको अवसरमा उनले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत ब्यक्त गरेकी छन् । 

 

Logo