बधाई दिँदै राष्ट्रपति पौडेलले गरे नेपाली क्रिकेट टोलीको प्रसंशा

बधाई दिँदै राष्ट्रपति पौडेलले गरे नेपाली क्रिकेट टोलीको प्रसंशा


राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमार्फत संयुक्त अरब इमिरेटस् (युएई)लाई हराएर एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएकोमा खेलाडी,प्रशिक्षक र पदाधिकारीलाई उनले बधाई दिएका हुन् । ‘नेपाली टोलीले देखाएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको म मुक्तकण्ठले प्रसंशा गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि नेपाली क्रिकेट टोलीबाट यस्तै उत्कृष्ट प्रदर्शनको आशा राख्दै नेपाल र नेपालीको नाम राख्न सफल हुने विश्वास राख्दै शुभकामना पनि दिएका छन् । 

Logo