#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1589256949491141168353139
नेपाल9081

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा मंगलबार यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

राजविराजबाट लहानतर्फ आउँदै गरेको ना २ ख १२६९ नम्बरको बसले लहानबाट कदमाहातर्फ जाँदै गरेको ना ६५ प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ निवासी ३५ वर्षीय अरुणकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका साहको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार १७ वर्षीया कल्पना साहको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार