प्रधानन्यायाधीश नियुक्तीकाे माग गर्दै एशोसिएशनको आन्दोलन आज पनि जारी रहने

प्रधानन्यायाधीश नियुक्तीकाे माग गर्दै एशोसिएशनको आन्दोलन आज पनि जारी रहने


नेपाल बार एशोसिएशनको आन्दोलन आज चौथोँ दिन पनि जारी रहने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तीलगायतको माग गर्दै गत आइतवारदेखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथोँ दिनमा पनि जारी रहने भएको हो। 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलबारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए। उनका अनुसार जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ती प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहनेछ। 

‘बारले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयसहितलाई लिएर अहिले आन्दोलन गरिरहेको छ, संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गर्न नचाहेको हो, त्यो अझै बुझन सकिएको छैन तर अबिलम्ब प्रधानन्यायाधीश नियुक्ती गरेर न्यायलयलाई नेतृत्व दिनुपर्छ,’ उनले भने, ‘यदी कार्यपालिकाले न्यायलयलाई नेतत्व दिन सकेन भने एक हप्ताका लागि घोषणा गरिएको कार्यक्रम अर्काे चरणमा लम्बिने छ ।’ उनका अनुसार शुक्रवारसम्म माग पुरा नभएमा पुनः अर्को चरणको आन्दोलन सुरु हुनेछ । 

तत्कालिन प्रधानन्यायाधीशचोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहिन हुँदै आएको छ। कायममुकायमवाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायधिस हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायधिस पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।  

Logo