#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660645538855630245953193304
नेपाल2634102334290

पाल्पामा भूकम्पले भत्काएका ४३ भवन निर्माण

पाल्पा ।

पाल्पामा भूकम्पले भत्काएका ४३ वटा विद्यालय भवन पुनःनिर्माण भएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले पाल्पा जिल्लामा क्षति पुगेका १३० विद्यालयमध्ये ४३ वटा निर्माण भएको जनाएको हो । ०७२ को भूकम्पले भत्काएका भवन निर्माण गर्न २५ करोड तीन लाख २६ हजार खर्च भएको एकाइ प्रमुख लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा पहिलो चरणमा १२, दोस्रो चरणमा १० र तेस्रो चरणमा २१ वटा विद्यालय भवन बनेको छ ।

जिल्लामा भूकम्पले क्षति पु¥याएका अझै १५ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । एकाइले आव २०७३/०७४ देखि ०७५/०७६ सम्मको अवधिमा तीन चरणमा निर्माणकार्य गरेको जनाएको हो । प्राधिकरणले तोकेको मापदण्ड अनुसार नै भवन निर्माण भएको एकाइले जनाएको छ । यसअवधिमा जिल्लामा चारकोठे भवनका निम्ति ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार र दुई कोठाका लागि २३ लाख ९० हजार अनुदान दिएको छ ।

प्राधिकरणमा ६५० विद्यालय कोठामा क्षति पुगेको तथ्याङ्क छ । जिल्लामा अझै पनि विद्यार्थीको सङ्ख्या बढी भएर पठनपाठनमा समस्या भएको भन्दै अझै पनि कोठाको माग छ । जिल्लामा भूकम्पले विद्यालय भवनमा क्षति पु¥याउँदा कतिपय विद्यार्थी बर्सात् र गर्मीको समयमा घामपानीले पारेको समस्याका बाबजुद पनि शिक्षा लिन बाध्य भएका थिए । विद्यालय भवन निर्माणका लागि जिल्लाका विभिन्न विद्यालयले अझै पनि भवनको माग गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार