महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन, अर्थतन्त्र सुधार्न भूमिका खेल्ने विश्वास

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन, अर्थतन्त्र सुधार्न भूमिका खेल्ने विश्वास


नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । 

अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव लिने उद्देश्यले महासंघले गठन गरेको सो समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य र डा. कल्पना खनाल छन्।

मंगलबार विज्ञ समूहको पहिलो बैठक पनि बसेको थियो, जसले वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिएको छ । 

विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्वास व्यक्त गरेका छन् ।

Logo