#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व102673954045754108218586
नेपाल7061

नेपाल बसेर एकल र धनाढ्य महिला लुट्ने चिनियाँहरूकाे सपना विफल

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको बताएको हो । पक्रउ परेका उनीहरूले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरूलाई जालमा पारी अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको र अनुसन्धान पूर्ण नभइ कुनै पनि कुरा पुष्टि गर्न नसकिने सीआइबीका डिआइजी निरजबहादुर शाहीले बताए ‘अनलाइनमा लगानी गरे थोरै रकमबाट धेरै आउँछ भन्‍ने प्रभावमा पार्दा रहेछन । अलिकति रकम हालेपछि विश्वास जित्‍नकै लागि आफैंले रकम थपेर पठाउने गरेको पनि पाइयो । पछि बढी रकम हाल्न लाउने र ठग्‍ने रहेछ’,उनले बताए ।

सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलिमा भएको इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ नागरिकहरू पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताए। डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बुढानिलकण्ठमा १ घरमा छापा मारेको बताए । उनीहरूको साथबाट ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरिएको बताए ।

अहिले उनीहरुमाथि पक्राउ गर्न खोज्दा महिला प्रहरीमाथि र सोधपुछका क्रममा प्रहरीमाथि नै दुर्व्यवहार गरेकोले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरू अन्य आपराधिक कार्यहरूमा पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान पनि जारी रहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार