दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।  

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उनले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् । साथै उनले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
 
“दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन्”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्  । उनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । 

Logo