बक्सिङ संघले नवगठित संघलाई मान्यता नदिने

बक्सिङ संघले नवगठित संघलाई मान्यता नदिने


काठमाडौं ।

नेपाल बक्सिङ संघले कोरोना भाइरसको महामारीपछि सरकारले लगाएको लकडाउनको अवधिमा गठन गरिएका जिल्ला तथा प्रदेश संघलाई मान्यता नदिने भएको छ ।

संघले सोमबार एक विज्ञप्ति निकाल्दै लकडाउनको अवधिमा गठन भएका जिल्ला तथा प्रदेश संघलाई मान्यता नदिने जनाएको हो ।

‘लकडाउन अवधिभर राष्ट्रिय खेलकुद परिषदको निर्देशन र नेपाल बक्सिङको अनुमति बिना गठन गरिएका जिल्ला, प्रदेश संघहरुलाई केन्द्रीय बक्सिङ संघको मान्यता नहुने जिल्ला, प्रदेश बक्सिङ्ग, खेलाडी प्रशिक्षक, खेल प्रेमी दाजुभाई दिदीबहिनीमा जानकारी गराउदछौं,’ संघका अध्यक्ष राम अवालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले अर्को सूचना नभएसम्म सम्पूर्ण खेलकुद गतिविधि नगर्न पत्र पठाएको जानकारी दिदै संघले आफ्नो मातहतका जिल्ला, प्रदेशलाई संघ गठन र अधिवेशन नगर्न समेत निर्देशन दिएको छ ।

‘खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले यो महामारीबाट हुन सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै देशमा कुनै पनि प्रकारको खेलकुदका गतिविधि लगायत संघसंस्थाको कुनै पनि कार्यक्रम अर्काे सूचना नआए सम्मको लागि नगर्नु नगराउनु भन्ने मिति ०७६ फाल्गुन २८ मा परिपत्र भएकोले सोहि अनुसार नेपाल बक्सिङ संघले मातहतका जिल्ला÷प्रदेशको गठन एवं अधिवेशन कार्यक्रम नगर्न, नगराउनु हुन सम्बन्धित सबै जिल्ला, प्रदेश बक्सिङ्ग संघलाई जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै संघको मिति ०७६ साउन २५ को निर्णय एवं राष्ट्रिय खेलकुद नियमावली– ०७७ विपरित संघको नामबाट झुटा प्रतिनिधी भन्दै जिल्ला संघ गठन गरेको भन्ने समाचार सुन्नमा आएको भन्दै सो सम्बन्धमा संघको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

Skip This
Logo