संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज

संघीय संसदका नवनियुक्त सचिवहरुको सपथ आज


संघीय संसद अन्तर्गतका दुईजना सचिवले आज पद तथा गोपनियताको सपथ लिदैछन्। संघीय संसद सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः१५ बजे उक्त सपथ समारोह  कृषी समितिको हल, सिंहदरवारमा हुनेछ ।  प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे र  राष्ट्रियसभाका सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत बैशाख २१ गते भएका थिए।

संघीय संसद सचिवालयमा सहसचिब पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन्। उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन् ।

Skip This
Logo