नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका आठ जनासँग प्रारम्भिक बयान सकियो

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका आठ जनासँग प्रारम्भिक बयान सकियो


नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ।

प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन्।

ठगीको घटनामा जोडिएका पूर्वमन्त्री रायमाझी, राईका छोरा निरज र तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक फरार छन् । नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आंकलन छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । सचिव पाण्डे, थापाका सुरक्षा सल्लाहकार राई तथा रायमाझीका छोरा सन्दीपसहित ठगी धन्दामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।  उनीहरुकै बयानका आधारमा प्रहरीले गएको मंगलवार तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरेको हो ।

 

Logo