१० दिन ध्यानमा बस्न बलिउड अभिनेता आमिर खान नेपालमा

१० दिन ध्यानमा बस्न बलिउड अभिनेता आमिर खान नेपालमा


नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् । 

अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् । विहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थराज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति हाल विपश्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् । 

ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आएको जानकारी दिँदै उनको अन्य कार्यक्रम भने नरहेको बताए । खानलाई विमानस्थलबाट सोझै बूढानीलकण्ठ लगिएको थियो । 

Skip This
Logo